सर्लाही। एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत पुकु दिदी फाउण्डेशन र वाग्मती मा. वि, सिसौट सर्लाहीका प्रधानाध्यापक राम सिंहासन रायको उपस्थितिमा उक्त विद्यायलका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेको छ । वितरणको क्रममा बैंकको तर्फबाट मधेस प्रदेश प्रमुख कमल पोख्रेल सहित शाखा प्रवन्धकहरु विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्र उपस्थित थिए भने पुकु दिदी फाउण्डेशनबाट श्रीमती शोभा पौडेल लगायत सदस्यहरु उपस्थित थिए । बैंकले स्कुल ब्यागहरु, इन्भर्टर र ब्याट्री वितरण गरेको थियो । उक्त कार्यक्रममा प्रदेश प्रमुख पोख्रेलले यस सहकार्यले विद्यार्थी भाईबहिनीहरुमा पठन पाठनमा सहज हुने विश्वास ब्यक्त गरे।
विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु,१३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्