×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि बैंक लिमिटेडले वैशाख २१ गतेदेखि ३५ लाख इकाई उर्जा ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ? (विवरणसहित)

काठमाडौं । एनएमबि बैंकले वैशाख २१ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३५ लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । कुल ३५ लाख इकाई ऋणपत्रमध्ये २१ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ भने ७० हजार कित्ता म्युचुअल फन्डलाई र बाँकी १३ लाख ३० हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।

एनएमबिले १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४५-२०९३/९४’ जारी गर्न लागेको हो । यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ४ प्रतिशत ब्याजदर पाउने छन् । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । एनएमबिको उर्जा ऋणपत्रमा वैशाख २५ गतेसम्म आवेदन दिन सकिेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ ४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १४ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

एनएमबि बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् । यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहन्छ । यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: