काठमाडौँ। एनएमबि बैंकले प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’ सुरुवातको घोषणा गरेको छ । यो योजना बैंशाख २ देखि असार ३२, २०७९ सम्म लागू हुनेछ । बैंकले प्रदेश १ को लागी पाथिभारा ब्यवसायिक कृषि कर्जा, मधेष प्रदेस को लागी मधेष ब्यवसायिक कृषि कर्जा, वागमती प्रदेशको लागी स्मार्ट कृषि कर्जा, गण्डकी प्रदेशको लागी गण्डकी ब्यवसायिक कृषि कर्जा, लुम्बिनी प्रदेसको लागी बुद्धभूमि ब्यवसायिक कृषि कर्जा, कर्णाली प्रदेशको लागी कर्णाली ब्यवसायिक कृषि कर्जा र सुदूर पश्चिम प्रदेशको लागी सुदूर पश्चिम ब्यवसायिक कृषि कर्जा योजना ल्याएको छ । यस कर्जा योजना अन्तर्गत बैंकले स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सहज प्रक्रिया, सहुलियत ब्याज दर, प्रशाशनिक शुल्कमा सहुलियत, डेविट कार्डमा सहुलियत, विमा तथा क्रेडिट कार्ड सुविधा जस्ता आकर्षण थपेको छ ।
ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यको रूपमा, एनएमबि बैंकले कृषि फाईनान्सिङ्गलाई प्राथमिकता दिदै आईरहेको छ र यो दिगो व्यवसायका लागि बैंकको रणनीतिक स्तम्भहरू मध्ये एक हो । दिर्घकालीन रणनीतिक उद्देश्य अनुरूप कृषिलाई केन्द्रमा राखी बैंकले समय समयमा यस्ता योजनाहरु प्रस्तुत गदै आइरहेको जानकारी गराएको छ । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्