काठमाडौं । फागुन मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब २९ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार संचालनमा रहेको २० वटा निर्जीबन बीमा कम्पनीहरुले फागुन मसान्तसम्ममा २५ अर्ब २९ करोड भन्दा माथि बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बीमाशुल्क आर्जन गरेको छ । यस कम्पनीले ३ अर्ब १० करोड २९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो ।दोस्रोमा सगरमाथा इन्स्योरेन्सले धेरै बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले फागुन मसान्तसम्ममा २ अर्ब २२ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यसपछि नेको इन्स्योरेन्सले फागुन मसान्तसम्ममा १ अर्ब ९९ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने सिद्धार्थ इन्स्योरेन्सले सो अवधिसम्म आउँदा १ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
समितिका अनुसार एनएलजी इन्स्योरेन्सले १ अर्ब ५७ करोड ६२ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ४४ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब २९ करोड १६ लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्स १ अर्ब १० करोड ७२ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब १० करोड ८ लाख रुपैयाँ र आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब १० करोड ४ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सले १ अर्ब ६ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ५ करोड, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब ३ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ४ करोड, दि ओरियन्टल इन्स्योरेन्सले ९२ करोड १२ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले ८८ करोड ४७ लाख, एभरेष्ट इन्स्योरेन्सले ८१ करोड ९७ लाख, सानिमा जनरल इन्स्योरेन्सले ६३ करोड ७१ लाख, जनरल इन्स्योरेन्सले ६१ करोड १८ लाख र नेशनल इन्स्योरेन्सले ५७ करोड ९३ लाख रुपैयाँभन्दा माथि बीमाशुल्क आर्जन गरेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्