काठमाडौं । पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (केआईओ.सि.एच.)बीच झापाको दमक वडा नं. ७ मा बन्दै गरेको बाल अस्पतालमा ६० लाख मूल्यको एलजिएस स्ट्रक्चरबाट ४००० हजार वर्ग फिट क्षेत्रफलमा आस्पतालका कोठा तथा भौतिकसंरचनाहरु निर्माण गर्ने सहमति भई एक सम्झौता–पत्रमा हस्ताक्षर गरियो ।
हालै दिवगंत भएकी पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको धर्मपत्नी निलकुमारी श्रेष्ठको स्मृति तथा पञ्चकन्या ग्रुपले आफ्नो औद्योगिक यात्रा ५०औं वर्ष पूरा गरेको अवसरमा उक्त अस्पताललाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको हो । उक्तकार्यक्रममा पञ्चकन्या ग्रुपबाट उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले बाल स्वास्थ्य जस्तो पवित्र कार्यमा हातेमालो गर्नपाउनु दुवै संस्थाको लागि गौरवको विषय भएको र यसबाट मिल्ने आत्म सन्तुष्टि अमूल्य हुने र यो जति राम्रो मानव सेवाकुनै नहुने विचार व्यक्त गरे ।
के.आई.ओ.सि.एच.का डा. भगवान कोइरालाले राजधानीको जत्तिकै सुविधा सम्पन्न बाल अस्पतालको खाँचो यस अस्पताल सञ्चालनमा आएपछि पुरा हुने बताए । पञ्चकन्या ग्रुपले १ महिना भित्र एलजिएसका संरचना निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्ने छ । साथै सम्झौता–पत्र हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका संचालकहरु र बरिष्ठ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्