×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतबाट घटेर आयो पेट्रोलको मूल्य !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारतबाट घटेर आयो पेट्रोलको मूल्य !

Artha Sarokar

१८ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भारतीय आयाल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयाल निगमका अनुसार अप्रिल १ मा आइओसीले डिजेलमा प्रतिलिटर ०.०२ रुपैयाँ, मट्टितेलमा २२ रुपैयाँ १९ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसा बढाएर पठाएको छ भने पेट्रोलमा १ रुपैयाँ ४८ पैसा घटाएर नयाँ मूल्यसूची पठाएको हो ।
यस्तै खाना पकाउने एलपी ग्यासमा अधिकतम २७३ रुपैयाँ ३८ पैसाले मूल्य बढेर आएको निगमले जनाएको छ ।पेट्रोलको मूल्य घटेर आएपनि डिजेल, मट्टितेल तथा हवाई इन्धन र एलपी ग्यासको मूल्य थप बढेर आएकाले निगमको पाक्षिक (१५ दिन) को घाटा ५ अर्ब २१ करोड रहने निगमले जनाएको छ ।
यस्तो घाटा पेट्रोलमा प्रतिलिटर २७ रुपैयाँ ७ पैसा, डिजेलमा ३२ रुपैयाँ १७ पैसा, मट्टितेलमा १ रुपैयाँ ९९ पैसा, हवाई इन्धनमा १२ रुपैयाँ ८४ पैसा (आन्तरिक), ६१ रुपैयाँ ७३ पैसा (बाह्य) र एलपी ग्यासमा प्रतिसिलिण्डर ९५३ रुपैयाँ ६६ पैसा घाटा रहेको निगमले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी