×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : टेकोका भरमा अडिएका घरमुनिको सडकबाट यात्रा गर्दै सवारी र यात्रु, बङ्गुरपालन गर्दै घोराहीका किसान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : टेकोका भरमा अडिएका घरमुनिको सडकबाट यात्रा गर्दै सवारी र यात्रु, बङ्गुरपालन गर्दै घोराहीका किसान

Artha Sarokar

८ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले काठमाडौँ  महानगरपालिका वडा नं २३ स्थित चिकमुङ्गलमा टेकोका भरमा अडिएका घरमुनिको सडकबाट यात्रा गर्दै सवारी र यात्रुका  तस्विरदेखि घोराही–१७, कर्जाहीका शालिकराम घर्तीमगरले व्यावसायिक रूपमा पालिएका बङ्गुरसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार

काठमाडौँ महानगरपालिका वडा नं २३ स्थित चिकमुङ्गलमा टेकोका भरमा अडिएका घरमुनिको सडकबाट यात्रा गर्दै सवारी र यात्रु । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएका मुख्य शहर भित्रका संरचना अझै पुनःनिर्माण सम्पन्न भएको छैन ।

 

घोराही–१७, कर्जाहीका शालिकराम घर्तीमगरले व्यावसायिक रूपमा पालिएका बङ्गुर । पाल्न थालेको एक वर्षमै आम्दानी लिन थालेको उहाँ बताउनुहुन्छ ।

कैलालीकोे प्रेस सेन्टरद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

भोलिदेखि हुन लागेको एसईइ परीक्षाको तयारीका विषयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै शिक्षा विकास तथा समन्वय एकाई बागलुङका प्रमुख कुशमराज उपाध्याय । बागलुङमा चार हजार ८९६ जनाले यस वर्ष एसईइ परीक्षामा सहभागी हुँदैछन् ।

 

समुद्री तहदेखि पाँच हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—७, टिप्ताला नाकामा चीनले निर्माण गरेको संरचना ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालयमा बिहीबार मतपेटीका ओसारपसार गर्दै कामदारहरु।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी