×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : दुना टपरी बनाउदै कृष्णपुरका महिला, भैँसी पालनबाट मनग्य आम्दानी लिदै घोराहीका किसान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : दुना टपरी बनाउदै कृष्णपुरका महिला, भैँसी पालनबाट मनग्य आम्दानी लिदै घोराहीका किसान

११ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले कृष्णपुर नगरपालिका– ६ मा रहेको महाकाली सामुदायिक वनका उपभोक्ता दुना टपरी बनाउने तालिम लिँदै गरेको तस्विरदेखि घोराही– ६ का किसान बाली भित्र्याएपछि व्यावसायिक रुपमा पालिएको भैँसी खेतमा चर्दै गरेकासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार

कृष्णपुर नगरपालिका– ६ मा रहेको महाकाली सामुदायिक वनका उपभोक्ता दुना टपरी बनाउने तालिम लिँदै । बुढापाकाहरुबाट तन्नेरी महिलाले दुना टपरी बनाउने सीप सिक्न थालेका छन् ।

घोराही– ६ का किसान बाली भित्र्याएपछि व्यावसायिक रुपमा पालिएको भैँसी खेतमा चर्दै । कृषकले भैँसी पालनबाट मनग्य आम्दानी गरेका छन् ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-६ गुम्बाडाँडा क्षेत्रमा आरनमा औजार बनाउँदै एक पुरुष ।

सिम्ता गाउँपालिका सुर्खेतको लुकइमा आगलागी हुँदा सामुदायिक वन सखाप । यो आगो जाजरकोटको शिवालय– १ मा समेत प्रवेश गरेको छ ।

खानेपानी मन्त्री उमाकान्त चौधरी आइतबार मीनभवनमा मेलम्चीको पानी पुनः वितरणको शुभारम्भ गर्दै ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको बोक्सेमा कालोपत्रेका लागि बेस सम्माउँदै । अहिले लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्रे भइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी