Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : बेगखोलामा मोटरेबल पुलको पिल्लर बनाउँदै , खानेपानी आयोजनाको निर्माण कार्य सुरु

अर्थ सरोकार

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१, बेगखोलामा मोटरेबल पुलको पिल्लर बनाउँदै गरेको तस्विरदेखि व्यास नगरपालिका–१ स्थित भादगाउँ सहलगानी खानेपानी आयोजनाको निर्माण कार्य गर्दै गरेकोसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१, बेगखोलामा मोटरेबल पुलको पिल्लर बनाउँदै । सडक विभागको पुल महाशाखाले बेगखोलामा ७० मिटर लामो मोटरेबल पुल बनाउन लागेको हो ।

व्यास नगरपालिका–१ स्थित भादगाउँ सहलगानी खानेपानी आयोजनाको निर्माण कार्य गर्दै मजदुर । मादीनदी लिफ्ट खानेपानी आयोजनाकाो लागि नेपाल सरकारको रु तीन करोड ८१ लाख नौ हजार ऋण सम्झौता भएपछि निर्माण कार्य अघि बढाइएको हो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको खहरेमा सडक चौडाका लागि डोजरको सहायताले चट्टान काटिँदै ।

कृष्णपुर नगरपालिका– २ का मुक्त कमैया दम्पती सडक छेउ बसेर तरभूजा बिक्री गर्दै । वनहरा नदीको बगरमा तरभूजा, काँक्रा, लौका, तितेकरेलालगायत उत्पादन गरी यस क्षेत्रका ६० परिवार मुक्त कमैयाले घरखर्च धान्दै आएका छन ।

कृष्णपुर नगरपालिका– ६ का किसान तिते करेलाका बिरुवा स्याहार्दै । यस क्षेत्रका किसान व्यावसायिक तरकारी खेतीमा संलग्न भई मनग्य आम्दानी गर्दै आएका छन् ।

सिम्ता गाउँपालिकाको राकमस्थित खेतीयोग्य जमिनमा घाँसको खोजीमा रहेका पशुचौपाय ।

टेकोको भरमा अडिएको भक्तपुर दरवार स्क्वायरको राष्ट्रिय कला सङ्ग्राहालय । २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको यस सङ्ग्राहालयको पुनःनिर्माण कार्य स्थानीय निकाय र पुरातत्व विभागको विवादले रोकिएको हो ।    

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK