×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभा सम्पन्न, २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउन हकप्रद सेयर जारी गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रभु इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभा सम्पन्न, २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउन हकप्रद सेयर जारी गर्ने

Artha Sarokar

१ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको उक्त वार्षिक साधारणसभा भर्चुअल रुपमा बुधबार सम्पन्न भएको हो । उक्त सभाले कम्पनीले प्रस्ताव गरेको ११.५८ प्रतिशत लाभांश पारित गरेको छ । यस्तै सभाले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक प्रतिवेदन पारित गरेको छ ।

यस्तै कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउनको लागि हकप्रद सेयर जारी गरि पूँजी बृद्धि गर्न बिशेष प्रस्ताव पनि पारित भएको छ । सोही अनुसार कम्पनीको पूँजी बृद्धि सम्वन्धी योजना तयार गरी बीमा समितिमा पेश गर्न साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ । सभाबाट पारित बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड ९७ लाख ११ हजार पुगेको छ ।

उक्त सभामा कम्पनी अध्यक्ष कुसुम लामाले बीमा क्षेत्रमा रहेको तीब्र प्रतिस्पर्धाका बीच पूँजी, दावी भुक्तानी, व्यवस्थापन खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित दीर्घकालिन लक्ष्य प्राप्तीका लागि समस्त कम्पनी परिवार प्रयत्नशील रहेको बताएकी छिन् । साथै सम्भावित बीमा जोखिमहरुको आँकलन तथा सोको संयमित र अनुकुलित व्यवस्थापन नै बीमा क्षेत्रको सफलताको शुत्र भएको पनि बताइन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी