Skip to content
LAXMI SUNRISE BANK

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ सरोकार

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले बिहिबार एक सूचना जारी गर्दै संस्थापक सेयर बिक्री गर्ने जनाएको हो ।
कम्पनीले गत माघ २४ गते कम्पनीका संस्थापक सेयरधनी नाममा रहेको उक्त सेयर विद्यमान संस्थापकले मात्र खरिद गर्न सक्ने गरी ३५ दिने सूचना जारी गरेकोमा उक्त सेयर खरिद गर्न कुनै निवेदन नआएकाले कम्पनीले सर्वसाधारणलाई  सो सेयर बिक्री गर्ने भएको छ ।
सो सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित गरेको आजको मितिले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK