काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतितपत्र (एलसी) खोल्न कडाइ गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर प्रतितपत्र (एलसी) खोल्न कडाइ गर्न निर्देशन दिएको हो । बढ्दो आयातका कारण पछिल्लो समय अर्थतन्त्र संकटमा परेको भन्दै राष्ट्र बैंकले अत्यावश्यक बाहेकका वस्तुको आयातमा कडाई गर्न भनेको हो।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार अर्थतन्त्रलाई संकटमा पर्न सीइओहरुसंग अत्यावश्यक बाहेकका वस्तु आयातका लागि एलसी खोल्न बन्द गर्नुपर्ने विषयमा छलफल भएको जानकारी दिएका छन् । सो छलफलमा राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललगायतको सहभागीता रहेको थियो ।
यता बैंकहरुका तर्फबाट बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायसहित अधिकांश बैंकका सीईओहरु तथा केही बैंकका भने डेपुटी सीईओहरु छलफलमा सहभागी थिए । पछिल्लो समय बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको निष्कर्ष राष्ट्र बैंकले निकालेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्