काठमाडौं । निलम्बनमा परेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी फेरि राष्ट्र बैंक फर्किने भएका छन् । गभर्नर अधिकारी सर्बोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश पाएसँगै राष्ट्र बैंक फर्किने भएका हुन् । सर्बोच्च अदालतका न्यायधीश हरिप्रसाद फुइयालको एकल इजालशले मंगलबार सरकारका नाममा गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नू भन्ने अन्तरिम आदेश दिएको छ ।
सर्बोच्चको आदेश आएसँगै बुधबारनै काममा फर्किने गभर्नर अधिकारीले बताएका छन् । मन्त्रिपरिषदको बैठकले गर्भनर अधिकारीमाथी छानबिन गर्ने निर्णय गरेपछि राष्ट्र बैंक ऐन २०५८ को दफा २२ को उपदफा ४ अनुसार अधिकारी निलम्बनमा परेका थिए ।
अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा भने बैशाख १३ गते छलफल हुने भएको छ । त्यसपछि यदि सर्बोच्च अदालतको संयुक्त इजालशले अल्पकालीन अन्तरिम आदेश निरन्तरता गर्ने निर्णय गरे गभर्नर अधिकारी पदमा बहाल हुनेछन् । यदि सर्बोच्च अदालतले बैशाख १३ गते अन्तरिम आदेश जारी नगरेको खण्डमा भने सरकारको निलम्बन कार्यान्वयन हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्