Skip to content
LAXMI SUNRISE BANK

वाणिज्य बैंकहरुमा मात्रै खराब कर्जा ५१ अर्ब रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा धेरै

अर्थ सरोकार

काठमाडौं । २७ वाणिज्य बैंकहरु मात्रै ५१ अर्ब रुपैयाँ बराबरको खराब कर्जा रहेको छ । वाणिज्य बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणका आधारमा यस्तो तथ्याङ्क देखिएको हो । औषत खराब कर्जा अनुपात भने १.२७ प्रतिशत रहेको छ ।

प्रकाशित वित्तीय विवरणअनुसार यस अवधिमा बैंकहरुले ४० खर्ब १५ अर्ब ९९ करोड ५४ लाख ९२ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । प्रति बैंक औषतमा १ खर्ब ४८ अर्ब ७४ लाख रुपैयाँ बराबरको रहेको छ ।

सबैभन्दा धेरै खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकको रहेको छ भने सबैभन्दा थोरै नेपाल एसबिआई बैंकको रहेको छ ।  राष्ट्रिय वाणिज्य बैंकको ३.०७ प्रतिशत खराब कर्जा रहेको छ र एसबिआईको ०.१४ प्रतिशत खराब कर्जा रहेको छ । यस्तै कृषि विकास बैंकको २.३२ प्रतिशत, बैंक नेपाल बैंकको २.०६ प्रतिशत खराब कर्जा रहेको छ ।

यता नेपाल बंगलादेश बैंकको २.३० प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको २.२० प्रतिशत रहेको छ । सिटिजन्स बैंकको १.७२ प्रतिशत, सेञ्चुरी कमर्सियल बैंकको १.६० प्रतिशत, एनसीसी बैंकको १.५२ प्रतिशत, एनएमबि बैंकको १.४६ प्रतिशत, ग्लोबल आइएमई बैंकको १.४५ प्रतिशत, बैंक अफ काठमाण्डूको १.४५ प्रतिशत, सनराइज बैंकको १.३७ प्रतिशत, प्रभु बैंकको १.२१ प्रतिशत, नबिल बैंकको १.१४ प्रतिशत, सिद्धार्थ बैंकको १.१२ प्रतिशत, लक्ष्मी बैंकको १.०८ प्रतिशत, सिभिल बैंक बैंकको ०.९९ प्रतिशत, हिमालयन बैंकको ०.९९, कुमारी बैंकको ०.९६ प्रतिशत, प्राइम कमर्सियल बैंकको ०.९४ प्रतिशत, माछापुच्छ्रे बैंकको ०.८७, मेगा बैंकको ०.७२ प्रतिशत, एनआईसी एशिया बैंंकको ०.५१ प्रतिशत, सानिमा बैंकको ०.३८ प्रतिशत, स्ट्याण्डर्ड चार्टड बैंकको ०.३६ प्रतिशत र एभरेष्ट बैंकको ०.२६ प्रतिशत खराब कर्जा रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK