×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खुल्यो रिभर फल्स पावरको आइपीओ, कस-कसले पाउँछ भर्न ?

काठमाडौं । रिभर फल्स पावरले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि (चैत २७ गते) आइतबारदेखि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाहरुका लागि जारी पूँजीको १०% अर्थात ७ लाख कित्ता सेयर जारी गर्न लागेको हो ।
स्थानीय लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । सो सेयरमा छिटोमा वैशाख ११ गतेसम्म र ढीलोमा वैशाख २६ गतेसम्म आवेदन दिन सकिने भएको छ । सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले यस आइपीओमा प्रभु क्यापिटल कमलादी काठमाडौं, रिभर फल्स पावर कमलादी काठमाडौं र यसको अयोजना कार्यालय संखुवासभा तथा धर्मदेवी नगरपालिकाको कार्यालय संखुवासभाबाट आवेदन दिन सकिन्छ । यस्तै प्राइम कमर्सियल बैंक, प्रभु बैंक र ग्लोबल आइएमई बैंकको खाँदबारी शाखाबाट अवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: