काठमाडौं । समृद्धि फाइनान्सले ९ लाख ४० हजार ४६६ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले चैत २९ गतेदेखि संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।
जसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ भने न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा आवेदन दिने अन्तिम म्याद वैशाख ७ गतेसम्म रहेको छ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । सो सेयर खरिद गर्न लगानीकर्ताले बिक्री प्रबन्धकका साथै बैंक अफ काठमाण्डूको विराटनगर, विरगंज, पोखरा, बुटवल, नेपालगंज, विरेन्द्रनगर र धनगढीका तोकिएका शाखा र समृद्धि फाइनान्सको केन्द्रिय कार्यालय तथा काठमाडौँ, चितवन, पोखरा र बुटवल शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्