काठमाडौँ। सानिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । सानिमा डबल धमाका मुद्दती खाता व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम रु. ५००,००० को मुद्दती खोल्न सक्नेछन् । ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ बर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गरिनेछ । प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरु स्वयंले ब्यहोर्नु पर्नेछ ।
व्यवहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्नेछन् । ग्राहकले रु. २ लाख सम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् । यस योजना अन्तर्गत एक भन्दा बढी मुद्दती खाताहरु समेत खोल्न सक्नेछन् । सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्