×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q3 Report : नेपाल एसबिआई बैंकले गर्यो कमालको प्रगति, खुद नाफासहित अधिकांश सूचकहरुको अवस्था सन्तोषजनक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

Q3 Report : नेपाल एसबिआई बैंकले गर्यो कमालको प्रगति, खुद नाफासहित अधिकांश सूचकहरुको अवस्था सन्तोषजनक !

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं : नेपाल एसबीआई बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले यस त्रैमाससम्म ४७.९६ प्रतिशतले खुद नाफा बढाएको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ८७ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै बैंकको खुद ब्याज  ४५.७९ प्रतिशतले बढेको छ र सञ्चालन नाफा  ४७.९६ प्रतिशतले बढेको छ । यसले गर्दा बैंकको नाफा बढ्न सहयोग पुगेको छ ।

यो त्रैमाससम्म बैंकले निक्षेप संकलन ७.८५ प्रतिशत र कर्जा लगानी ११.८९ प्रतिशतले बढाउन सफल भएको छ । बैंकको वितरणयोग्य नाफा पनि २११.२५प्रतिशतले ले बढेको छ । यसको खराब कर्जा ०.१४ प्रतिशत  रहेको छ ।  यस बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३ पैसाले बढेर १७ रुपैयाँ ६४ पैसा (वार्षिक) कायम भएको छ र प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ २७ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी