×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिहिबार घट्यो सेयर बजार,१ अर्ब ४ करोडमाथिको कारोबार हुँदा नेप्से २३५३.४२ बिन्दुमा

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २३.७५ अंकले घटेर २३५३.४२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)  का अनुसार बिहिबार कुल २२६ कम्पनीको ४४ लाख १० हजार ४ सय ३२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार आईएमी जेनेरल इन्सुरेन्सको भएको छ । यस कम्पनीको ५ करोड २४ लाख १६ हजार ३३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बिहिबारको सेयर बजारमा गुहेशोरी मर्च्यंन्ट एण्ड फाईनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । गुहेशोरी मर्च्यंन्टमा यस्तो गिरावट आउँदा गणपति लघुवित्त वित्तीय संस्था , महुली लघुवित्त, सेन्ट्रल फाईनान्स र सिविल लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार आईएमी जेनेरल इन्सुरेन्सको भएको छ । यस कम्पनीको ५ करोड २४ लाख १६ हजार ३३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक,हिमालयन डिस्टिलरी, अरुण भ्याली हाईड्रोपावर, नबिल बैंक र शिवंम सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ। यस अलावा राधि विद्युत कम्पनी,नबिल ब्यालेन्स फण्ड-३,मानुषी लघुवित्त र नेपाल फाईनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: