×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शिखर इन्स्योरेन्स कम्पनीको ७७ हजार ७२०.८८ कित्ता सेयर लिलामी बिक्री खुल्ला हुने, कहिलेदेखि पाइन्छ भर्न ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले वैशाख १९ गतेबाट सर्वसाधारण समूहको ७७ हजार ७२०.८८ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्ने भएको छ ।

लिलामी भर्ने अन्तिम म्याद वैशाख २६ गतेसम्म तोकिएको छ । यसअघि शिखरले चैत १ गतेबाट चैत २१ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो ।

उक्त सेयरमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र कम्पनीको शाखा कार्यलय पुतलीसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट पनि यसमा आवेदन दिन सकिने भएको छ । त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: