काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले वैशाख १४ गते बुधबार देखि ४५ हजार ९९१ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १८५ रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
उक्त सेयरमा लगानीकर्ताले वैशाख २२ गतेसम्म आवेदन दिने सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्