×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारणसभा बुधबार हुँदै, यस्ता छन् पेस हुने एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारणसभा बुधबार हुँदै, यस्ता छन् पेस हुने एजेन्डा

Artha Sarokar

२९ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारणसभा भोलि बुधबार हुँदैछ । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डप, काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुने भएको हो । कम्पनीले सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५% बोनस सेयर र कर तिर्न ०.७९% नगद लाभांश वितरण प्रस्ताव गरेको छ ।
यस्तै आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सानलगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
साथै निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने/गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सबै अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । सभाका लागि कम्पनीले चैत १७ गते एकदिन बुक क्लोज गर्नेछ । चैत १६ गतेसम्म कायम सेयरधनीले लाभांश र सभामा भाग लिन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी