काठमाडौँ । मिति २०७९ साल बैशाख ८ गते सिन्धु विकास बैंक लिमिटेड र युवा तथा साना ब्यवसायी स्वरोजगार कोष बिच कर्जा लगानी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा युवा तथा साना ब्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक श्री विश्व मोहन अधिकारी तथा सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले हस्ताक्षर गरे । यस सम्झौता अन्र्तगत सिन्धु विकास बैंकले आफ्नो कार्यक्षेत्रमा रहेका १८ बर्ष देखी ६० वर्ष उमेर समूहका वेरोजगार युवा युवतीहरुलाई लक्षित गर्दै उनीहरुको क्षमता तथा ब्यापार ब्यवसाय वृद्धि गर्न प्रतिब्यक्ति रु.२ लाख तथा समुहगत प्रति समुह अधिकत रु.३० लाख सम्म सहुलियत पुर्ण कर्जा उपलब्ध गराउनेछ ।
युवा स्वरोजगार कार्यक्रम अन्तरगत कोषले बैंकलाई वार्षिक ४ प्रतिशतका दरले कर्जा प्रदान गर्नेछ भने यस बैंकले ईच्छुक वेरोजगार युवा युवतीहरुलाई वार्षिक ८ प्रतिशतका दरले ३ वर्ष ६ महिना अवधिको लागी कर्जा उपलब्ध गराउने छ । कोषले युवा स्वरोजगार कर्जा उपभोग गर्ने ऋणी तथा परियोजना दुबैको बैंक मार्फत विमा समेत गरी दिने व्यवस्था रहेको छ । साथै कर्जाको सांवा तथा व्याज समयमै तिर्ने असल ऋणीहरुलाई तिरेको व्याजको ६० प्रतिशतसम्मको रकम कोषले अनुदान फिर्ता समेत गरि दिनेछ । बैंकले आफ्नो कार्यक्षेत्र भित्र रहेका सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्लाका २४ वटा शाखा कार्यालयहरु मार्फत उक्त कर्जा लक्षित बर्गमा प्रवाह गर्ने जनाएकोछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्