पाँचखाल । सिन्धु विकास बैंक लिमिटेडको पाँचखाल, काभ्रेपलाञ्चोक शाखाले शुक्रवारका दिन सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा बैंकका उच्च ब्यवस्थापनको समेत उपस्थिती रहेको थियो । उक्त खुला रक्तदान कार्यक्रममा पाँचखाल नगरपालीका क्षेत्रका स्थानियवासी तथा विभिन्न संघ संस्थाका प्रतिनीधिहरु समेत गरी करिब १०६ जनाले रक्तदान गरेका थिए ।
सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २४ वटा शाखा कार्यालयहरु र २ वटा सिमित बैकिङ ईकाइबाट बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैकिङ सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्