×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्मार्ट टेलिकमले ल्यायो ‘हर्षैहर्षको नयाँ वर्ष’ अफर, यस्ता छन् विशेषताहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्मार्ट टेलिकमले ल्यायो ‘हर्षैहर्षको नयाँ वर्ष’ अफर, यस्ता छन् विशेषताहरु

३० चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालकै सबैभन्दा छिटो फोरजी मोबाइल नेटवर्क स्मार्ट टेलिकमले आफ्ना प्रयोगकर्ताका लागि यो नयाँ वर्षको उत्सवलाई पहिले भन्दा अझ रोमाञ्चक बनाउन ‘हर्षैहर्षको नयाँ वर्ष’ अफर ल्याएको छ । यो ‘रिचार्जमा बेनिफिट्स’ र ‘न्यु एअर डाटा’ अफर हो । नयाँ वर्ष मानिसले आफ्ना प्रियजनाई भेट्ने र आफ्नो जीवनलाई उत्सवमय बनाउने शुभ अवसर भएकाले यस नयाँ वर्षमा स्मार्ट सेलले टाढा रहेका र आफ्ना प्रियजनसँग भेट्न नसके पनि सहज कुराकानी गर्न यस विशेष अफर ल्याएको हो ।

यस नयाँ वर्षको अफरले ग्राहकलाई प्रत्येक रिचार्जमा भ्वाइस प्याक, डाटा प्याक, एसएमएस प्याकलगायत विभिन्न प्रकारका बोनस उपहार दिनेछ। जसले ग्राहकलाई आफ्ना आफन्त साथीभाइसँग जोडिन मद्दत गर्नेछ ।  प्रत्येक रिचार्जमा बोनसका साथै ग्राहकको दैनिक डाटा आवश्यकता र चाडपर्वको समयमा आवश्यक पर्ने डाटालाई ध्यानमा राख्दै स्मार्टले नयाँ वर्षको अवसरमा सीमित समयको आकर्षक डाटा प्याक अफर ल्याएको हो । यो नयाँ वर्ष ग्राहकले मात्र ४५ रुपैयाँमा ३ जीबी डाटा हरेक पलको आनन्द लिई पूर्ण रुपमा प्रयोग गर्न सक्नेछन् । आफ्ना आफन्त र साथीभाइसँग इन्टरनेटको कुनै समस्या बिना मज्जाले कुरा गर्न सक्नेछन् ।

आफ्ना प्रयोगकर्तालाई सधै बढी भन्दा बढी सुविधा उपलब्ध गराउने नेटवर्क बन्ने हाम्रो प्रतिबद्धतालाई कायम राख्दै स्मार्ट टेलिकमले सधैँ स्मार्ट प्रयोगकर्ताको दैनिक जीवनलाई सजिलो बनाउन र प्रयोगकर्ताको अनुभव बढाउन निरन्तर विभिन्न आकर्षक अफर ल्याउँदै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी