Skip to content
LAXMI SUNRISE BANK

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सीइओमा मोक्ष प्रसाद पंगेनी नियुक्त

अर्थ सरोकार

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा मोक्ष प्रसाद पंगेनी नियुक्त भएका छन् । कम्पनीले उनलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो ।
वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा गएपछि शनिबारबाट एकीकृत कारोबार सुरु गरेको उक्त कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सोही दिनदेखि लागू हुने गरी आगामी चार वर्षका लागि नियुक्त गरेको हो ।
उनी यसअघि पनि सूर्योदय लघुवित्त वित्तीय संस्थाको सीइओ थिए । सोही बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा प्रमेश आचार्यलाई नियुक्त गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK