×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निरन्तर घटिरहेको बजारले बिहिबार आफ्नो लय समात्यो, नेप्से परिसूचकमा ३५.६६ अंकको बढोत्तरी !

PRIME CA

निरन्तर घटिरहेको बजारले बिहिबार आफ्नो लय समात्यो, नेप्से परिसूचकमा ३५.६६ अंकको बढोत्तरी !

२४ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३५.६६ अंकले बढेर २४६४.३१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब १२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ७ करोड ३८ लाख ९५ हजार २१८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बिहिबारको सेयर बजारमा राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको हो राष्ट्र उत्थानको सेयरमा यस्तो गिरावट आउँदा इमर्जिङ्ग नेपाल, सर्पोट माइक्रोफाइनान्स र ८.५५ सानिमा डिबेन्चर २०८७ र न्यादी हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबारनबिल बैंकको भएको छ । यस कम्पनीको ७ करोड ३८ लाख ९५ हजार २१८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा प्राइम कमर्शियल बैंक, हिमालयन डिस्टिलरी लिमिटेड, शिभम् सिमेन्ट, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, इमर्जिङ्ग नेपाल, नेपाल टेलिकम, निफ्रा, हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र ग्लोबल आइएमई बैंक राष्ट्र उत्थान लघुवित्त, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष, एनआइसी एशिया बैंक र नेपाल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा हिमालयन पावर पार्टनर र नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा नेपाल टेलिकम, एक्सेल डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त र विशाल बजार कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: