काठमाडौं । सोमबार सेयर बजार भारी अंकले घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ४४.५६ अंकले घटेर २४१९.८० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३३ कम्पनीको ५० लाख ९५ हजार ८३४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १६ करोड ५२ लाख ८० हजार १६४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै सोमबारको सेयर बजारमा इमर्जिङ्ग नेपाल र राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यी कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको हो । इमर्जिङ्ग र राष्ट्र उत्थानको सेयरमा यस्तो गिरावट आउँदा नेपाल टेलिकम, हिमालयन पावर पाटनर र नेपाल लाइफ इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स को भएको छ । यस कम्पनीको १६ करोड ५२ लाख ८० हजार १६४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा निफ्रा, नबिल बैंक, एनआइसी एशिया बैंक, हिमालयन डिस्टिलरी, सुर्या लाइफ इन्स्योरेन्स, शिभम् सिमेन्ट, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल टेलिकम र नागरिक लगानी कोषको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा जाल्पा सामुदायिक लघुवित्त, मिथिला लघुवित्त र सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्