काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ६ करोड ३० लाख ६७ हजार ३८५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै मंगलबारको सेयर बजारमा दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको हो । दिव्यश्वरीको सेयरमा यस्तो गिरावट आउँदा कालिका लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स, एनआइसी एशिया ब्यालेन्स्ड फण्ड र स्वाबलम्बन लघुवित्त मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा पनि सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ ।यस कम्पनीको ६ करोड ३० लाख ६७ हजार ३८५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास बैंक, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अवि पावर कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, निफ्रा, नेपाल लाइफ इन्स्योरेन्स, अपर तामाकोशी हाइड्रोपावर र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा पनि नेष्डो लघुवित्त वित्तीय संस्था र ग्रिन भेन्र्चसका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मेगा म्युचुअल फण्ड–२, शिभ श्री हाइड्रोपावर, हिमालय उर्जा विकास कम्पनी र ग्रिन लाईफ हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्