काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३४.९४ अंकले घटेर २३८६.०१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्सें का अनुसार आइतबार कुल २३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ०४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ८ करोड ११ लाख ९१ हजार ८२४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै सोमबारको सेयर बजारमा सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । सेन्ट्रलको सेयरमा यस्तो गिरावट आउँदा रसुवागढी हाईड्रोपावर कम्पनी, न्यादी हाईड्रोपावर कम्पनी, सामलिङ पापर कम्पनी र हिमालय उर्जा विकास कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ८ करोड ११ लाख ९१ हजार ८२४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिभम् सिमेन्ट, हिमालयन डिस्टिलरी, अपि पावर कम्पनी, एनआइसी एशिया बैंक, नबिल बैंक, नेष्डो समृद्ध लघुवित्त, नेशनल हाईड्रोपावर कम्पनी, ग्रिन भेन्चर्स र हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा सिद्धार्थ इक्वीटि फण्ड, एनआइबिएल प्रगति फण्ड, आरबिबि म्युचुअल फण्ड र सामुदायिक लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्