×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ बर्षको पहिलो कारोबारको दिन सेयर बजार घट्यो, कारोबार रकमले पनि साथ छोड्दै

PRIME CA

नयाँ बर्षको पहिलो कारोबारको दिन सेयर बजार घट्यो, कारोबार रकमले पनि साथ छोड्दै

४ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नयाँ बर्षको पहिलो कारोबारको दिन आइतबार सेयर बजार घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २९.६० अंकले घटेर २३८५.६४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३३ कम्पनीको ३४ लाख ०७ हजार २७२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको ४ करोड ९९ लाख ४७ हजार ३८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै आइतबारको सेयर बजारमा हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । हिमालयको सेयरमा यस्तो गिरावट आउँदा इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, सामलिङ पावर कम्पनी र नयाँ सारथी लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबारनेपाल टेलिकमको भएको छ । यस कम्पनीको ४ करोड ९९ लाख ४७ हजार ३८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्लोबल आइएमइ बैंक डिबेन्चर २०८६/८७, हिमालयन डिस्टिलरी, नबिल बैंक, शिभम् सिमेन्ट, निफ्रा, नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक र नेपाल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा पनि नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा जाल्पा सामुदायिक लघुवित्त, सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त र एनआइसी एशिया ब्यालेन्स्ड फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: