काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४६.४६ अंकले घटेर २४५३.०६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड ६७ लाख ९९ हजार ७६८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड ६७ लाख ९९ हजार ७६८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, प्राइम कमर्सियल बैंक, एनआइसी एसिया बैंक, नेपाल टेलिकम, शिभम् सिमेन्ट र ङादी ग्रुप पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा राष्ट्र उत्थान लघुवित्त र नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा जाल्पा लघुवित्त, युनिलिभर नेपालका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा इमर्जिङ्ग नेपालका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । इमर्जिङ्ग नेपालको सेयरमा यस्तो गिरावट आउँदा नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इदि मर्दि हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्