×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

नेप्से परिसूचक घट्दा पनि राष्ट्र उत्थान लघुवित्तमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ता पनि मालामाल !

BIZBAZAR

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ३०.८९ अंकले घटेर २५१३.४१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सुर्या लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ९ करोड ७२ लाख ५२ हजार २६९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी आइतबारको सेयर बजारमा राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा इमर्जिङ्ग नेपाल, नेष्डो लघुवित्त, जाल्पा लघुवित्त, एनआइबिएल समृद्धि फण्ड-२ र सानिमा लार्ज क्याप फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा युनाइटेड इदि मर्दि हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । युनाइटेड हाईड्रोपावरको सेयरमा यस्तो गिरावट आउँदा सुर्या लाइफ इन्स्योरेन्स, सामलिङ पावर कम्पनी, हिमालय उर्जा विकास कम्पनी र नेपाल टेलिकममा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार सुर्या लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ९ करोड ७२ लाख ५२ हजार २६९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा सिद्धार्थ इन्स्योरेन्स, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन, युनियन लाइफ इन्स्योरेन्स, युनाइटेड इदि मर्दि हाईड्रोपावर, निफ्रा, अरुण भ्याली हाईड्रोपावर र नेपाल पुनर्बिमा कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal