काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार पनि सेयर बजार घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २३.५० अंकले घटेर २४२८.५६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२६ कम्पनीको ४३ लाख ७९ हजार ०४२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९९ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड ४१ लाख ५७ हजार ६१४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सोल्टि होटेल, तारागन रेजेन्सी होटेल, युनाइटेड इदि मर्दि हाईड्रोपावर र सिंगटी हाईड्रो इनर्जीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा पनि इमर्जिङ्ग नेपालका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । इमर्जिङ्ग नेपालको सेयरमा यस्तो गिरावट आउँदा राष्ट्र उत्थान लघुवित्त, बुद्ध भुमि नेपाल हाईड्रोपावर, नयाँ सारथी लघुवित्त र शिखर इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड ४१ लाख ५७ हजार ६१४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा राष्ट्र उत्थान लघुवित्त, नबिल बैंक, शिभम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, निफ्रा, नागरिक लगानी कोष, एनआइसी एशिया बैंक र नेपाल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्