काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३०.२४ अंकले बढेर २४१५.२४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२९ कम्पनीको ३३ लाख ९८ हजार ६४३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड ४३ लाख ३४ हजार ९३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा पनि नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा आरएमडिसि लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, मिथिला लघुवित्त, स्वाबलम्बन लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा पनि युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले घटेको हो । युनाइटेड सेयरमा यस्तो गिरावट आउँदा नयाँ सारथी लघुवित्त, १२ % आइसिएसि फाइनान्स डिबेन्चर २०८३, शिभ श्री हाइड्रोपावर, सनराइज ब्लुचिप फण्ड र विजय लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड ४३ लाख ३४ हजार ९३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्टिलरी, एनआइसी एशिया बैंक, नबिल बैंक, निफ्रा, अपि पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स,हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र अपर तामाकोशी हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । बुधबारहेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्