काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३६.७३ अंकले घटेर २३२०.५१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२८ कम्पनीको ३५ लाख ७० हजार ०१४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेष्डो लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको १४ करोड १९ लाख ४७९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रिन भेन्चर्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा सामुदायिक लघुवित्त वित्तीय संस्था, ८.५% एसबिएल डिबेन्चर २०८४, एनआइसी एशिया ग्रोथ फण्ड र सिद्धार्थ इक्वीटि फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । नेष्डोको सेयरमा यस्तो गिरावट आउँदा हिमालय उर्जा विकास कम्पनी, तेह्रथुम पावर कम्पनी, युनियन हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त र गोर्खाज फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः
यसैबीच बुधबारको बजारमा पनि सबैभन्दा बढी कारोबार नेष्डो लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको १४ करोड १९ लाख ४७९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, सिद्धार्थ बैंक, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नबिल बैंक, हिमालयन डिस्टिलरी, निफ्रा, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, ङादी ग्रुप पावर र शिभम् सिमेन्ट को पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्