×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबारको सेयर बजार : नेशनल र बेष्टसहित अन्य ८ कम्पनीमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ बैशाख २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

आइतबारको सेयर बजार : नेशनल र बेष्टसहित अन्य ८ कम्पनीमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ९५.५२ अंकले बढेर २४२०.९६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३८ कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सानिमा बैंकको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको २२ करोड १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी आइतबारको सेयर बजारमा पनि नेशनल हाईड्रोपावर, बेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, मञ्जुश्री फाइनान्स, खानीखोला हाईड्रोपावर, घलेम्दी हाईड्रो, युनिभर्स पावर कम्पनी र हिमाल दोलखा हाईड्रोपावर कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्रिन भेन्चर्स, र पोखरा फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा ८.५ % नेपाल इन्भेष्टमेन्ट डिबेन्चरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको हो । ८.५ % नेपाल इन्भेष्टमेन्ट डिबेन्चरको सेयरमा यस्तो गिरावट आउँदा नेष्डो समृद्ध लघुवित्त, १० % लक्ष्मी बैंक डिबेन्चर २०८६ र सिद्धार्थ इक्वीटि फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा पनि सबैभन्दा बढी कारोबार सानिमा बैंकको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको २२ करोड १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिभम् सिमेन्ट, अरुण भ्याली हाईड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स, अपि पावर कम्पनी, महालक्ष्मी विकास बैंक, नेष्डो समृद्ध लघुवित्त, हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: