×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोमबारको सेयर बजार : नेप्से परिसूचक घट्दा पनि यी कम्पनीका लगानीकर्ताले मनग्य नाफा कमाए !

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३४.९४ अंकले घटेर २३८६.०१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्सें का अनुसार आइतबार कुल २३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ०४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ८ करोड ११ लाख ९१ हजार ८२४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा सिद्धार्थ इक्वीटि फण्ड, एनआइबिएल प्रगति फण्ड, आरबिबि म्युचुअल फण्ड र सामुदायिक लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । सेन्ट्रलको सेयरमा यस्तो गिरावट आउँदा रसुवागढी हाईड्रोपावर कम्पनी, न्यादी हाईड्रोपावर कम्पनी, सामलिङ पापर कम्पनी र हिमालय उर्जा विकास कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ८ करोड ११ लाख ९१ हजार ८२४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिभम् सिमेन्ट, हिमालयन डिस्टिलरी, अपि पावर कम्पनी, एनआइसी एशिया बैंक, नबिल बैंक, नेष्डो समृद्ध लघुवित्त, नेशनल हाईड्रोपावर कम्पनी, ग्रिन भेन्चर्स र हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: