×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बजार घटेका बेलामा पनि जाल्पा सामुदायिक लघुवित्तका सेयर होल्डरले पैसा छापे, यी कम्पनीका लगानीकर्ता पनि मालामाल !

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १५.०२ अंकले घटेर २३७०.९९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ०४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सिद्धार्थ बैंकको भएको छ । यस कम्पनीको ४ करोड २१ लाख ८२ हजार ००६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी मंगलबारको सेयर बजारमा पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा एनआइबिएल समृद्धि फण्ड, किसान लघुवित्त, एनआइबिएल प्रगति फण्ड र मेगा म्युचुअल फण्ड-१ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा हिमालयन पावर पाटनरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । हिमालयनको सेयरमा यस्तो गिरावट आउँदा मल्टीपर्पस फाइनान्स, युनाइटेड इदी मर्दी आरबि हाईड्रोपावर कम्पनी, महुली लघुवित्त र सामुदायिक लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार सिद्धार्थ बैंकको भएको छ । यस कम्पनीको ४ करोड २१ लाख ८२ हजार ००६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, नेष्डो समृद्ध लघुवित्त, अरुण भ्याली हाईड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी, एनआइसी एशिया बैंक, नबिल बैंक, निफ्रा, छिमेक लघुवित्त र महालक्ष्मी विकास बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: