×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबारको बजार अपडेट : यी हुन् सोमबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सोमबारको बजार अपडेट : यी हुन् सोमबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

Artha Sarokar

२८ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सोमबार सेयर बजार भारी अंकले घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ४४.५६ अंकले घटेर २४१९.८० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३३ कम्पनीको ५० लाख ९५ हजार ८३४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १६ करोड ५२ लाख ८० हजार १६४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स को भएको छ । यस कम्पनीको १६ करोड ५२ लाख ८० हजार १६४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा निफ्रा, नबिल बैंक, एनआइसी एशिया बैंक, हिमालयन डिस्टिलरी, सुर्या लाइफ इन्स्योरेन्स, शिभम् सिमेन्ट, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल टेलिकम र नागरिक लगानी कोषको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा जाल्पा सामुदायिक लघुवित्त, मिथिला लघुवित्त र सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा इमर्जिङ्ग नेपाल र राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यी कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको हो । इमर्जिङ्ग र राष्ट्र उत्थानको सेयरमा यस्तो गिरावट आउँदा नेपाल टेलिकम, हिमालयन पावर पाटनर र नेपाल लाइफ इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी