काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३४.७८ अंकले घटेर २३८५.०२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३७ कम्पनीको ३७ लाख ८३ हजार ०२४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको ५ करोड ७५ लाख ०१ हजार ५५० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको ५ करोड ७५ लाख ०१ हजार ५५० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, शिभम् सिमेन्ट, निफ्रा, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआइसी एशिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक, सुर्या लाइफ इन्स्योरेन्स, अपर तामाकोशी हाइड्रोपावर र नेपाल पुनर्बिमा कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा पनि नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा एनआइसी एशिया सेलेक्ट फण्ड ३०, ८.७५% प्राइम डिबेन्चर २०८५, १०.५% नेपाल इन्भेष्टमेन्ट डिबेन्चर २०८२ र ९.५% मञ्जुश्री फाइनान्स डिबेन्चर लिमिटेड २०८५ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा पनि इमर्जिङ्ग नेपालका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको हो । इमर्जिङ्ग सेयरमा यस्तो गिरावट आउँदा न्यादी हाइड्रोपावर कम्पनी, घलेम्दी हाइड्रो, राष्ट्र उत्थान लघुवित्त र हिमाल दोलखा हाइड्रोपावर कम्पनी मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्