×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारको बजार अपडेट : यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

PRIME CA

बुधबारको बजार अपडेट : यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

३० चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३०.२४ अंकले बढेर २४१५.२४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२९ कम्पनीको ३३ लाख ९८ हजार ६४३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड ४३ लाख ३४ हजार ९३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड ४३ लाख ३४ हजार ९३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्टिलरी, एनआइसी एशिया बैंक, नबिल बैंक, निफ्रा, अपि पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स,हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र अपर तामाकोशी हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ ।  बुधबारहेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा पनि नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा आरएमडिसि लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, मिथिला लघुवित्त, स्वाबलम्बन लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा पनि युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले घटेको हो । युनाइटेड सेयरमा यस्तो गिरावट आउँदा नयाँ सारथी लघुवित्त, १२ % आइसिएसि फाइनान्स डिबेन्चर २०८३, शिभ श्री हाइड्रोपावर, सनराइज ब्लुचिप फण्ड र विजय लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: