×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोमबारको बजार अपडेट : यी हुन् सोमबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ४१.७७ अंकले घटेर २३४३.८७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२९ कम्पनीको ३८ लाख ७६ हजार ३०२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ४ करोड ९६ लाख २६ हजार ५५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ४ करोड ९६ लाख २६ हजार ५५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास बैंक, निफ्रा, सिद्धार्थ इन्स्योरेन्स, अपर तामाकोशी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शिभम् सिमेन्ट, ग्लोबल आइएमइ बैंक र हाइड्रोइलेक्ट्रीसिटी एण्ड इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको हो । एनआरएनको सेयरमा यस्तो गिरावट आउँदा हिमालय उर्जा विकास कम्पनी, इमर्जिङ नेपाल, ग्रिन लाईफ हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी र गुडविल फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

 

यसैगरी सोमबारको सेयर बजारमा पनि नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा दिव्यश्वरी हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड-२ र कालिका लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: