काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४.९४ अंकले बढेर २३२५.४५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २३१ कम्पनीको ३९ लाख ९१ हजार ०५१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको १० करोड ३६ लाख २७ हजार ०२९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच बिहिबारको बजारमा पनि सबैभन्दा बढी कारोबार नेष्डो लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको १० करोड ३६ लाख २७ हजार ०२९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, सूर्या लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक, हिमालयन डिस्टिलरी, राष्ट्रिय बीमा कम्पनी, छिमेक लघुवित्त, नेपाल फाइनान्स, निफ्रा र अपि पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ पतिशतभन्दा बढीले घटेको हो । घलेम्दीको सेयरमा यस्तो गिरावट आउँदा राष्ट्रिय बीमा कम्पनी, आइएमइ जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी, सेन्ट्रल फाइनान्स र नेपाल फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रिन भेन्चर्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा समिट लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, युनियन लाइफ इन्स्योरेन्स र ङादी ग्रुप पावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्