काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ९५.५२ अंकले बढेर २४२०.९६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३८ कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सानिमा बैंकको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको २२ करोड १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच आइतबारको बजारमा पनि सबैभन्दा बढी कारोबार सानिमा बैंकको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको २२ करोड १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिभम् सिमेन्ट, अरुण भ्याली हाईड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स, अपि पावर कम्पनी, महालक्ष्मी विकास बैंक, नेष्डो समृद्ध लघुवित्त, हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा पनि नेशनल हाईड्रोपावर, बेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, मञ्जुश्री फाइनान्स, खानीखोला हाईड्रोपावर, घलेम्दी हाईड्रो, युनिभर्स पावर कम्पनी र हिमाल दोलखा हाईड्रोपावर कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्रिन भेन्चर्स, र पोखरा फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा ८.५ % नेपाल इन्भेष्टमेन्ट डिबेन्चरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको हो । ८.५ % नेपाल इन्भेष्टमेन्ट डिबेन्चरको सेयरमा यस्तो गिरावट आउँदा नेष्डो समृद्ध लघुवित्त, १० % लक्ष्मी बैंक डिबेन्चर २०८६ र सिद्धार्थ इक्वीटि फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्