×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बुधबारको सेयर बजार : जाल्पा सामुदायिक लघुवित्तमा पोजेटिभ सर्किट, कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार  नेप्से परिसूचक बढेको  छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५.१७ अंकले बढेर २३७६.१७  बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ५ करोड २१ लाख १३  हजार ३३२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बुधबारको सेयर बजारमा पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य पोजेटिब सर्किट लागेको हो । यस अलावा नेपाल फाईनान्स लिमिटेड, महुली लघुवित्त, लक्ष्मी लघुवित्त र लुम्बिनी विकाश बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा सानिमा ईकुइटी फन्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । सानिमाको सेयरमा यस्तो गिरावट आउँदा सानिमा लार्ज क्याप फण्ड, एनआइसी एशिया सेयर फण्ड, मानुषी लघुवित्त र साना किसान लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ५ करोड २१ लाख १३  हजार ३३२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, नबिल बैंक, नेपाल लाइफ इन्सुरेन्स, महालक्ष्मी विकाश बैंक , नेपाल फाईनान्स लिमिटेडर र  हिमालयन डिस्टिलरी पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: