काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २३.७५ अंकले घटेर २३५३.४२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२६ कम्पनीको ४४ लाख १० हजार ४ सय ३२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार आईएमी जेनेरल इन्सुरेन्सको भएको छ । यस कम्पनीको ५ करोड २४ लाख १६ हजार ३३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहिबारको सेयर बजारमा पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ। यस अलावा राधि विद्युत कम्पनी,नबिल ब्यालेन्स फण्ड-३,मानुषी लघुवित्त र नेपाल फाईनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा गुहेशोरी मर्च्यंन्ट एण्ड फाईनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । गुहेशोरी मर्च्यंन्टमा यस्तो गिरावट आउँदा गणपति लघुवित्त वित्तीय संस्था , महुली लघुवित्त, सेन्ट्रल फाईनान्स र सिविल लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार आईएमी जेनेरल इन्सुरेन्सको भएको छ । यस कम्पनीको ५ करोड २४ लाख १६ हजार ३३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक,हिमालयन डिस्टिलरी, अरुण भ्याली हाईड्रोपावर, नबिल बैंक र शिवंम सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्