×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पर्यटकहरुलाई ठग्ने क्रम रोकौ : अनुसा थापा लेख

काठमाडौँ। पछिल्लो समय पर्यटकीय सिजन सुरु भएको छ । केही सातायता पर्यटकको चाप ह्वात्तै बढेको छ । विभिन्न मुलुकका पर्यटकहरु नेपाल घुम्न आउने क्रम सुरु भएपछि पर्यटकीय क्षेत्र चलायमान भएको छ । यता, सरकारलाई पनि पर्यटक आँउदा निकै फाइदा हुन्छ किन कि उसले नेपाल आँउदा कर तिर्छ । विदेशी पर्यटक नेपाल घुम्न आएनन् भने अर्थतन्त्रलाई ठूलो धक्का पर्छ । डलर भित्रिने एक मात्र प्रमुख स्रोत भनेको पर्यटक हो । कोरोनाका कारण विगत दुई वर्षदेखि पर्यटकीय क्षेत्र ठप्प जस्तै बनेको थियो । हालै मात्र पर्यटकहरुको आगमन सुरु भएको हो । विदेशी पर्यटकहरु नेपाल घुक्न आँउदा विदेशी मुद्रा सञ्चितिमा निकै असर देखियो । त्यस्तै, तरलता पनि स्वाटै बढ्यो । मँहगीले पनि नेपालीको ढाड सेकेको छ । व्यापार घाटा बढ्दो छ । मुलुकको अर्थतन्त्रलाई यथावत राख्ने एउटै मात्र उत्तम उपाय भनेको विदेशी पर्यटकलाई जतिसक्दो नेपाल ल्याउनु हो । जति पटक नेपाल घुम्न आउछन् राज्यलाई उत्ति नै फाइदा हुन्छ ।

तर, राज्यले अनुगमन नगर्दा विदेशी पर्यटकहरु ठगिएका छन् । जुनसुकै क्षेत्रबाट विदेशी नागरिकहरु ठगिएका छन् । होटल व्यवसायी र यातायात व्यवसायीले उनीहरुलाई सक्दो लुटिरहेका छन् । एकसय रुपैंया पर्ने मालालाई पाँच सयमा बेचिरहेका छन् पसले । होटल व्यवसायीले तीन सय पर्ने खानालाई हजार रुपैंया ठोक्छन् । नेपालीले पाँचसय रुपैंया भाडा तिर्ने उही बाटोमा पन्ध्रसय तिर्न बाध्य छन् विदेशी नागरिक । एयरपोर्टमा ओर्लिनेबित्तिकै उसको ठगिने क्रम सुरु हुन्छ । एयरपोर्टमा हरियो प्लेटको ट्याक्सी सक्दो ठग्छ । एयरपोर्टभित्र सञ्चालन भएको पसलहरुले पनि त्यस्तै गर्छन् । ट्याक्सी चालकले पनि जुनचाहि होटलले कमिशन दिन्छ उही होटलमा लगेर राखिदिन्छन् । विदेशीलाई ठग्दा केही सिमित व्यक्तिलाई फाइदा भएको होला तर राज्यको साखमाथि दाग लागेको छ । उता, राज्यले यसबाट भोलिको दिनमा ठूलो क्षति बेहोर्नुपर्ने पनि हुनसक्छ । यहाँबाट ठगिएर गएका विदेशी पाहुनाहरुले आफ्नो मुलुकमा गएर नेपालले चर्चा–परिचर्चा गरिहाल्छन् ।

आफु ठगिएको कुरा आफ्ना मुलुकवासीलाई अवश्य पनि सुनाउछन् । जसको कारण उक्त देशका पाहुनाहरु नेपाल नआउन सक्छन् । यसबाट घाटा त राज्यलाई भयो । हामीहरु ‘अतिथि देव भव’ भन्छौ तर सकेसम्म उनीहरुलाई नै ठग्छौ । केही दिनअघि ठमेलको एउटा होटलको छतबाट खसेर एकजना विदेशीको निधन भयो । त्यसैगरी, ट्रेकिङ गर्न जाँदा, विभिन्न ठाँउमा घुम्न जाँदा उनीहरुको अकालमा ज्यान गएको घटनाहरु थुप्रै छन् । विदेशी नागरिकहरुलाई सुरक्षाको प्रत्याभुति दिलाउन नसक्दा पर्यटकको आगमनमा कमी आउने देखिन्छ । जुनैपनि विदेशी नागरिकको जिम्मेवारी नेपाल सरकारले लिनुपर्छ । चर्को शुल्क तिरेर मर्नका लागि विदेशीहरु नेपाल आएको हुन् ? यसविषयमा सरकारले विचार पुप्याउनुपर्दैन् । सरकारले अभिभावकको दायित्व निभाउनुपर्दैन् ? पर्यटकहरुको ज्यान र धनको सुनिश्चिचता गर्नु सरकारको कर्तव्य हो । सरकारी पक्ष लापरवाह हुँदा नेपालमा विदेशी नागरिक नै आउन ठप्प हुने अवस्था बन्न सक्छ । बाटोमा पर्यटकहरुको सामान चोरी हुँदा पनि सरकार के हेरेर बसिरहेको छ ? व्यापारीहरुले मनलाग्दी पैसा लिएर उनीहरुलाई ठग्दा सरकार कहाँ छ ? व्यापारीहरुले अहिले जतिसक्दो ठगिरहेका छन् भोलि यसको परिणाम अवश्य पनि देख्नेछन् । विदेशी नआउदा व्यवसायीहरुलाई पनि उत्तिकै घाटा छ । राज्यलाई त राजश्व नआउदा पनि व्यापार व्यवसाय पनि ठप्प हुन्छ ।

पर्यटक नै आएपछि कसलाई सामान बेच्ने ? अहिले विदेशीहरु पाइलापिच्छे ठगिएका छन् । यसलाई बन्द गरौ । विदेशीलाई यसरी नै ठग्ने हो भने यसको प्रतिफल व्यापारीहरु आफैले भोग्नुपर्छ । सरकारले पनि व्यवसायीहरुलाई ठग्न छुट दिने हो भने नेपालको अवस्था जटिल बन्दै जान्छ । होटल व्यवसायीले लिइरहेको मनलाग्दी रेटमा सरकारले रोक लगाउनुपर्छ । यता, टुर एण्ड ट्राभल्स कम्पनीहरु पनि सरकार कै निगरानीमा चल्नुपर्छ । सम्बन्धित निकायले खाने, लाउने, चढ्ने सबै कुराहरुको मूल्य निर्धारण गरिदिनुपर्ने देखिन्छ । पाहुनालाई कस्तो व्यवहार गर्नुपर्छ यो सबै नेपालीलाई थाहा छ । पाहुना भन्नेबित्तिकै हामीहरु आफु नखाएर पनि उनीहरुलाई खुवाउछौ । आफु भुइमा सुतेर उनीहरुलाई ओछ्यानमा सुताउछौ । तर, विदेशीको हकमा किन समान व्यवहार गरिदैन् ? विदेशी एकजनाको मात्र नभई हरेक नेपालीको पाहुना हो । उनीहरुलाई राम्रो बोलीवचन गर्नु भनेको धर्म गरेसरह नै हो । केही व्यापारीहरु विदेशी ठगेर धनी भएका होलान् । तर, नेपाल ठग देशभन्दा त हाम्रो बेइज्जत भइरहेको छ । केहीले ठगेका छन् तर दोष भने सबै नेपालीले सराबरी बोकेका छन् । सरकारले पुराना ऐनकानुन संशोधन गरेर विदेशीहरुलाई सक्दो सेवासुविधा दिनुपर्छ । जसरी हुन्छ बढीभन्दा बढी पर्यटक नेपाल आउने वातावरण बनाउनुपर्छ । पर्यटकहरु हाम्रा निम्ति भगवान्सरह हुन् । उनीहरु आएनन् भने मुलुकको अर्थतन्त्र तहसनहस हुन्छ भनेर सबैले सोच्नुपर्छ ।

होटल व्यवसायीले विदेशी नआउदा हामीलाई घाटा भयो भनेर पटकपटक सरकारलाई दबाब दिन्छन् । तर, आएको विदेशीलाई राम्रो व्यवहार गर्नुपप्यो, ठग्न छोड्नुपप्यो । एकचोटि नेपाल आइसकेका पर्यटक दोस्रोपटक नेपाल घुम्न आउन चाहदैन् । किन कि सबै व्यवसायीबाट उनीहरु आजित भइरहेका हुन्छन् । होटल व्यवसायीहरु सरकारको ऐनकानुन पनि नमान्ने, आफुखुसी मनलाग्दी रेट राख्ने । राम्रो सेवासुविधा नदिने तर शुल्क भने चर्को लिने । पाइलैपिच्छे ठगिने मुलुकको को घुम्न आउन चाहन्छ ? केही वर्षयता होटेलमा लगानी ह्वात्तै बढेको छ । विज्ञापन गरेर पाहुना बोलाउछन् । तर, विज्ञापन दिएको रेटसमेत पाहुनाबाट असुल्छन् । अनि त्यस्तो ठाँउमा दोहोप्याएर को जान्छ ? होटेल व्यवसायीको नियत र चर्तिकला सबैले बुझिसकेका छन् । अझ, रात्रिकालिन व्यवसायीहरुले विदेशीलाई ठग्नु ठगेका छन्, नेपालीहरुलाई लुट्नु लुटेका छन् । दोहोरी साझँ, डान्स बार र रेष्टुरेण्टले स्वदेशी र विदेशी दुवैलाई मुर्गा बनाएका छन् । बाहिर पाँचसय पर्ने सामान पन्ध्रसम्म बेच्छन् । पाँच तारेदेखि लिएर एउटा खाजाघरले समेत आम नागरिकलाई ठगिरहेका छन् । मनलाग्दी पैसा लिएर लुट्न सरकारले छुट दिएको छ । न सरकारले होटलहरुको वर्गीकरण गर्छ न खानेकुराको शुल्क नै निर्धारण । खाजाघरहरुले दर्ता नगरीकन पसल सञ्चालन गर्छन् । ठूल्ठूला पाँचतारे होटलहरुले राज्यलाई कर तिर्दैनन् ।

दुईतिरबाट राज्य राजस्वविहिन छ । राज्य असफल आमनागरिक बाध्य । लज भाडाबाट पनि सबैजना ठगिएका छन् । पाँच सयदेखि पाँच हजार रुपैंया तोकिएको छ । तर, त्यो मँहगो हो कि सस्तो सरकार र तिर्ने मान्छे दुवै अनविज्ञ छन् । शुल्क भने यत्रो तिर्नुपर्छ तर सेवासुविधा भने गयगुज्रिएको छ । फोहोर, केही सेवासुविधा नभएको लज भाडा यत्रो हुँदा पनि सरकार मौन छ । यता, खाना पकाउने ठाँउ कस्तो छ ? सफासुग्घर कतिको छ ? सरकारले आजसम्म पनि अनुगमन गरेको छैन् । स्वास्थ्यलाई हानि पुप्याउने गरी फोहोरी ठाँउमा खाना पकाउदा पनि सरकारी पक्ष चुइकक बोल्दैन् । पछिल्लो समय आन्तरिक पर्यटकहरु बढ्दो छ । आफ्नै मुलुकको विभिन्न जिल्ला घुम्न जाने क्रम बढ्दो छ । कामविशेषले पनि एक जिल्लाबाट अर्को जिल्ला जाने गरिन्छ । त्यस्तो अवस्थामा बस्ने र खाने ठाँउ त होटल नै हो । होटलमा अंग्रेजीमा राखिएको मेन्युले पनि कतिपय ग्राहकलाइृ समस्यामा पारेको छ । अंग्रेजी नबुझैकै कारण उनीहरुले धेरै सास्त िखेप्नुपरेको छ । मेन्यु अंग्रेजी र नेपाली दुवै भाषामा राखिएको हुनुपर्छ । विदेशी मात्र होइनन् स्वदेशी पर्यटक पनि विभिन्न व्यवसायीबाट ठगिएका छन् ।

नयाँ ठाँउ सबैका लागि नौलो हुन्छ । त्यहाँको परिवेश बुझ्न विदेशीलाई मात्र होइन् स्वदेशीलाई पनि गाह्रो पर्छ । जसका कारण स्वदेशी र विदेशी पर्यटक दुवै ठगिएका छन् । पर्यटकको खाँचो कति हुँदो रहेछ श्रीलंकाबाट सिकौ । अहिले श्रीलंकाले विदेशी पाहुना तान्नका लागि विभिन्न उपाय ल्याएको छ । अर्थतन्त्रमा धक्का पुग्ने भएपछि अस्ट्रेलियाले पनि सबै मुलुकका विद्यार्थीहरु धमाधम भित्रायो । तर, नेपालले आएका पर्यटकहरुलाई लखेट्ने काम भइरहेको छ । यसको क्षति सबैले बेहोर्नुपर्नेछ । सरकारले बेलैमा सोचविचार गरेर पर्यटक भित्राउन विभिन्न योजना बनाउनुपर्छ । भएका पर्यटकहरु कहिले नेपाल छोडेर जालान्जस्तो व्यवहार गर्छन् व्यवसायी । तर, सरकार मतलब गर्दैन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: