खोटाङ। जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनाको अवधिमा रु ३९ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक निमय उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्दा सो राजश्व सङ्कलन भएको हो । विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा पाँच हजार ४०१ सवारी साधनका चालकलाई कारबाही गरेको थियो । साउनमा रु दुई लाख ६३ हजार, भदौमा रु चार लाख ४४ हजार, असोजमा रु चार लाख सात हजार, कात्तिकमा रु ६ लाख ५३ हजार, मङ्सिरमा रु सात लाख दश हजार, पुसमा रु तीन लाख ७८ हजार, माघमा रु तीन लाख ७९ हजार, फागुनमा रु तीन लाख ६३ हजार र चैतमा रु तीन लाख २४ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दलबहादुर खत्रीले जानकारी दिए ।
ट्राफिक प्रहरीका अनुसार सवारीचालक अनुमतिपत्र नलिएका, साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, स्वरुप परिवर्तन, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, सिटबेल्ट र चालक पोसाक प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो । यस्तै जिल्लामा नौ महिनाको अवधिमा १९ सवारीसाधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विभिन्न समयमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । अधिकांश सवारी साधन ट्राफिक नियमविपरीत चलाउँदा दुर्घटनामा परेको पाइएको खत्रीले बताए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्