काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगी व्यवसायीले नाफा मात्र नभई जनताको हितलाई केन्द्रमा राखेर वस्तु तथा सेवाको कारोबार गर्नुपर्ने बताएका छन् । बुधबार निजी क्षेत्रका विभिन्न संगठनहरुसँगको छलफलमा माननीय मन्त्रीज्यूले व्यवसायिक संगठनले व्यवसायिक हितसँगै जनता र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
उनले बजारमा ग्यासलगायत उपभोग्य वस्तुहरुको अभाव र अत्यधिक मूल्य बृद्धि भइरहेको जनगुनासो बढिरहेकाले यसको सहजताका लागि सरकारलाई सहयोग गर्न ग्यास बिक्रेतालगायत व्यवसायीलाई आग्रह गरे । यसैगरी माननीय मन्त्रीज्यूले उद्यमशीलताको विकास, दक्ष जनशक्ति उत्पादन, ग्रामीण क्षेत्रका महिला तथा युवाहरुलाई आत्मनिर्भर बनाउन नतिजामूलक काममा जोड दिनुपर्ने समय आएको बताए ।
उनले आयातमुखी अर्थतन्त्रले जुनसुकै बेला समस्या आउनसक्ने भएकाले स्वदेशी उत्पादन र ग्रामीण उद्यमशीलतामार्फत आत्मनिर्भर बन्ने कार्यमा सरकार जस्तो सुकै सहयोग गर्न तयार रहेको पनि बताए । यसकार्यले स्वदेशमा नै रोगजारीको अवसर सृजना भई आवश्यक वस्तुको उत्पादनबाट आंशिक रुपमा भए पनि आयात प्रतिस्थापन हुने र यसले समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
बुधबार चेम्बर अफ कमर्श, नेपाल इटा उद्योग महासंघ, दक्षिण एशियाली महिला विकास मञ्च, ग्यास बिक्रेता महासंघ नेपालका प्रतिनिधिहरुले मन्त्रीलाई बधाई तथा शुभकाना दिँदै विभिन्न समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्